लुम्बिनी लायन्सविरुद्ध ब्याटिङमा उत्रियो काठमाडौँ गुर्खाज
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा आज लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ । प्रतिस्पर्धी टिम काठमाडौँ गुर्खाजले पहिले ब्याटिङ गर्न लागेको हो ।
रोहित पौडेलको कप्तानी रहेको लुम्बिनीले यसअघि दुई खेल खेलेकोमा एक खेल हारेको थियो । करण केसीले कप्तानी सम्हालेको काठमाडौँले भने आज चौथो खेल खेल्न लागेको हो । यसअघि तीन खेल खेलेकोमा दुई खेल हारेको थियो ।
दुवै टिम दोस्रो जित निकाल्ने दाउमा छन् ।
टिप्पणीहरू