होस्टल सञ्चालकद्वारा बालिका बलात्कार

होस्टल सञ्चालकद्वारा बालिका बलात्कार

सुर्खेतमा बालिकालाई बलात्कार गर्ने एक गर्ल्स होस्टेलका सञ्चालक पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका-५ घर भएका ४० वर्षीय महेन्द्र अर्याल समातिएका हुन् । 

बताइएअनुसार सरस्वती विद्या निकेतन बोर्डिङ स्कुलको लागि होस्टल सञ्चालन गर्दै आएका अर्यालले मंसिर ३ गते राती ती १२ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेका हुन् । साेही होस्टलमा बस्दै आएकी ती बालिकालाई करणी गरेपछि अर्याल फरार थिए । उनलाई बाचकाँडामा लुकेर बसेको अवस्थामा प्रहरीले फेला पारेको हो । 

उता बालिकाको स्वास्थ्य परिक्षणबाट पनि करणी भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहन थापाले जानकारी दिए । उनका अनुसार अर्यालमाथि आवश्यक कारवाही अगाडि बढाइएको छ ।
 

टिप्पणीहरू