जेन जीका सहयोगीहरुलाई १५ हजारको खाजा

जेन जीका सहयोगीहरुलाई १५ हजारको खाजा

सरकारले गत भदौ २३ गतेको प्रदर्शन र २४ गतेको विध्वंशमा घाइते भएकाहरुलाई सहयोग गर्ने स्वयम्सेवकहरुलाई मासिक खाजावापत १५ हजार उपलब्ध गराउने भएको छ । आज बसेको क्याबिनेट बैठकले घाइतेहरुको उपचार, राहत र अन्य सेवाका लागि खोलिएको हेल्पडेस्कमा खटिने स्वयम्सेवकलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

उक्त हेल्पडेस्कमा सहसचिव, उपसचिव बाहेक १० जना जति स्वयम् सेवक खटाउने भनिएको छ । ती १० जनालाई मासिक १५ हजारको दरले चार महिनासम्म खाजा खर्च दिने नीतिगत व्यवस्था गरिएको हो । 

आजको बैठकले प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू