एमालेको कार्यक्रमसँगै प्रहरी चनाखो

एमालेको कार्यक्रमसँगै प्रहरी चनाखो फाइल फाेटाे

नेकपा एमालेको भातृ संगठन ‘नेशनल भोलेन्टियर फोर्स’ ले भोलि सुर्खेतमा आफ्नो संगठन विस्तारको घोषणा गर्ने भएसँगै प्रहरी चनाखो भएको छ । सम्भावित झडप र तोडफोडलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउन लागेको हो । 

प्रहरीको आतंकवाद नियन्त्रण शाखाले भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाउन सबैतिर पत्राचार गरेको छ । ‘कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेशनल भोलेन्टियर फोर्सको संगठन विस्तार गर्ने कार्यक्रम रहेको हुँदा आवश्यक भरपर्दो शान्ति सुरक्षा व्यवस्था मिलाउन...’,पत्रमा उल्लेख छ । 

एमालेले गत मंसिर ५ गते राजधानीको माइतीघरमा फोर्स घोषणा गरेको थियो । उक्त कार्यक्रम रोक्नका लागि जेनजी घाइतेहरु सडकमा आएकोमा प्रहरीले एकअर्कालाई आमुन्नेसामुन्ने हुनै दिएन । भोलि पनि एमालेलाई रोक्न जेनजी सडकमा आउनसक्ने आकंलन प्रहरीको छ ।

टिप्पणीहरू