सबैभन्दा बढी आयकर तिर्ने कम्पनी : आइएमई
रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आज राष्ट्रिय कर दिवस, २०८२ का अवसरमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आइएमई सम्मानित भएको हो ।
अर्थमन्त्री रामेश्वर खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई सो सम्मान प्रदान गरेका हुन् । सम्मानपछि आइएमई लिमिटेडले नेपाली अर्थतन्त्रमा निरन्तर योगदान पुर्याउने आफ्नो प्रतिबद्धता थप बलियो भएको जनाएको छ ।
उसले भनेको छ, ‘सम्माननीय अर्थमन्त्री रामेश्वर खनालज्यूबाट सम्मानित हुन पाउनु हाम्रो लागि गौरवको विषय हो । नेपालको अर्थतन्त्रमा निरन्तर योगदान पुर्याउने हाम्रो प्रतिबद्धता यस सम्मानबाट थप बलियो बनेको छ ।’
टिप्पणीहरू