यतिसम्म बदमासी गरेछन् हाकिमले
रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट फर्जी कागजपत्र बनाएर जापान लैजाने कामलाई मध्दत पुर्याएको पाइएको छ । कर्मचारी नियुक्ती हुनु १ महिना पहिला नै पत्र बनाएर जापान पठाइएपछि यस्तो अनियमितता छर्लङ्ग भएको हो ।
वडा नम्बर ६ बस्ने सञ्जु पौडेललाई कम्प्युटर अपरेटरको नियुक्ती दिएर जापानको एक कार्यक्रममा लैजानम प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल सँलग्न छन् । नेपाल सरकारले नै करारका कर्मचारी हटाउने र नयाँ नियुक्ती नगर्ने भन्दै परिपत्र जारी गरेको भए पनि नगरपालिकाले २०८२ असार ३० गतेको सूचना देखाउँदै २०८२ असोज २५ गते कम्प्युटर अपरेटरको नतिजा सार्वजनिक गरेको बताएको छ । जसमा सञ्जु पौडेललाई सफल उम्मेदवार र अर्घाखाँचीको छत्रदेव १ का सन्देश ज्ञवालीलाई बैकल्पिकमा राखिएको छ ।
भदौ २६ गते बल्ल अन्तिम नतिजा निस्कि पनि जापान लैजाने तारतम्य भने साउनमै मिलाई पठाइएको पाइएको छ । सञ्जु पौडेललाई सामाजिक तथा वातावरण विज्ञ अधिकृत तथा कम्प्युटर अपरेटरको रुपमा लैजान खोजिएको पत्रमा उल्लेख छ । यसरी नियुक्त गरिएका कर्मचारीमा केशव भट्टराई पब्लिक हेल्थ अफिसर र सीता भण्डारी भुषाल (छैठौं तह) छन् ।
एशिया स्मार्ट सिटी कन्फ्रेन्समा सहभागी बनाउने भन्दै फर्जी कागजपत्र तयार पारिएकोवारे नगर प्रमुख रामकृष्ण खाँणले आफू अनभिज्ञ रहेको र सामाजिक सञ्जाल लगायतबाट जानकारी प्राप्त भएपछि कागजपत्र मगाएर अध्ययन थालिएको बताए । उनले कर्मचारीको विषयमा २४ घण्टे स्पस्टिकरण सोधिएको र दूतावासलाई भ्रमण रोक्न पत्र पठाएको बताए । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल यतिबेला जापानमा छन् भने अन्य कर्मचारी नोभेम्बरको २५ देखि २७ सम्म हुने कार्यक्रममा सहभागी हुन जान लागेका हुन् ।
टिप्पणीहरू