नक्कली भुटानी प्रकरणमा पैसा ओसार्ने व्यक्ति पक्राउ

नक्कली भुटानी प्रकरणमा पैसा ओसार्ने व्यक्ति पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडितहरुबाट पैसा उठाएर गिरोहसम्म पुर्याउने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रौतहटको फतुवा घर भएका ४२ वर्षीय निरञ्जनकुमार खरेललाई नियन्त्रण लिएको हो । 

उनीमाथि पीडितहरुबाट नगद तथा चेकमार्फत् रकम जम्मा गर्ने, ओसारपोसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात किर्ते गरी असुल भएको रकम लिने र गिरोहसँग मिलेमतो गरी संगठित अपराध गरेको आरोप छ । 

फरार प्रतिवादीको सूचीमा रहेका खरेललाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

टिप्पणीहरू