सडक निर्माणमा अनियमितता, कृषिका हाकिमको समेत संलग्नता

सडक निर्माणमा अनियमितता, कृषिका हाकिमको समेत संलग्नता

कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । सडक निर्माणमा अनियमितता गरेको आरोपमा उनीसहित आठ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । 

निर्देशनालयका कृषि अर्थविज्ञ योजना प्रमुख विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, सप्तरीको महादेवा गाउँपालिका–२, का वडाध्यक्ष जगदिश मंडल, उपभोक्ता समिति अध्यक्ष हरिनारायण यादव, सचिव गगंगाराम यादव, कोषाध्यक्ष सावित्रीदेवी यादव र परामर्शदाता किरु इन्जिनियरिङ कन्सल्टेन्ट, धनुषाका प्रोप्राइटर हरिशकुमार सिंहविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

सप्तरीको महादेवा गाउँपालिका–२, अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माणमा उनीहरुको मिलेमतोमा अनियमितता भएको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम ६ लाख ९० हजार ६५७ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना हुन मागदाबीसहित उनीहरुउपर मुद्दा दायर गरेको छ ।

टिप्पणीहरू