सबै श्रेणीहरू

हिल्टन होटल सखाप पार्नेको दाउ

हिल्टन होटल सखाप पार्नेको दाउ

तारे होटल निर्माण गर्दा अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्ड अपनाइने भए पनि जेनजी आन्दोलनका क्रममा त्यस्ता सुरक्षा व्यवस्थालाई चुनौती दिएको पाइएको छ । हिल्टन होटल र हायात रिजेन्सीमा आगजनी र तोडफोड गर्नेले अपनाइएका टेक्निकको प्रारम्भिक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।

स्रोतका अनुसार आगजनी गर्नेहरूले पहिला बिजुली र सिसिटिभीको लाइन काट्ने, फुटाउने त्यसपछि अग्निसमन बाकस (फायरबक्स)लगायत आगो निभाउने यन्त्र र पानीको पाइपलाइनहरूमा क्षति पुर्‍याउने काम गरेका थिए । व्यक्तिगत चिनारी र गतिविधि कैद गर्ने सिसिटिभी क्यामेरालाई ध्वस्त बनाएपछि आगो निभाउन प्रयोग हुने उपकरण र पानीको स्रोतलाई क्षति पुर्‍याइएको छ । 

होटल मालिकले पनि तेब्बर इन्स्योरेन्स खान आगो लागेपछि स्वत : पानीको फोहोरा छुट्नुपर्नेमा त्यस्तो अवस्था नदेखिँदा बदनियत राखेको पाइएको छ ।