नगरेको गल्तीको दोष मलाई किन ?

नगरेको गल्तीको दोष मलाई किन ?

‘रेक्टर डा. सञ्जीवकुमार शर्मामाथि शैक्षिक चलखेलको आरोप” शीर्षकको समाचारबारे आफ्नो कुरा राख्न चाहन्छु ।

आर्थिक, प्रशासनिक र नैतिक अनियमिततासम्बन्धी दावीहरू कुनै पनि प्रमाणमा आधारित छैनन् । प्रतिष्ठानभित्रका सम्पूर्ण शैक्षिक र प्रशासनिक क्रियाकलाप प्रचलित कानुन, नियमावली र संस्थागत स्वीकृत प्रावधानअनुसार पारदर्शी रूपमा सञ्चालित छन् भन्ने कुरा यहाँले जसरी बुझ्नु भए पनि हुन्छ ।

मेरो परिवारका सदस्यहरूको नाममा गरिएको भर्ना तथा आर्थिक लाभसम्बन्धी आरोपहरू पूर्ण रूपमा झूटा, निराधार र तोडमोड गरिएका छन् । मैले पदको दुरूपयोग गरेर कुनै निर्णय गरेको छैन र नभएको, नगरिएको कामको कुनै प्रमाण हुने कुरा पनि भएन ।

– प्रा.डा.सञ्जीवकुमार शर्मा
शिक्षाध्यक्ष (रेक्टर)
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
सम्पर्क नं. ९८५२०४७२२८

 

टिप्पणीहरू