शक्तिशाली राष्ट्रपतिहरु वार्ताको टेबलमा आमनेसामने

शक्तिशाली राष्ट्रपतिहरु वार्ताको टेबलमा आमनेसामने

चनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ। दक्षिण कोरियामा भएको दुई नेताबीचको यो वार्ताले दुई महाशक्तिबीच लामो समयदेखि चल्दै आएको व्यापारिक प्रतिस्पर्धा र राजनीतिक तनावमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ ।

बैठकअघि ट्रम्पले संक्षिप्त वक्तव्य दिँदै वार्ता अत्यन्तै सफल हुनेमा आफू आशावादी रहेको बताएका छन् । उनले अमेरिका र चीनबीच सँधै राम्रो सम्बन्ध रहँदै आएको दाबी गरे ।

बैठकको शुरुमा राष्ट्रपति सीले पनि ट्रम्पसँग दोस्रो कार्यकालमा तीनपटक संवाद भएको स्मरण गर्दै भने, ‘अमेरिकासँग मिलेर दुवै देश र सम्पूर्ण विश्वको हितका लागि ठोस र सकारात्मक काम गर्न चीन इच्छुक छ।’

दक्षिण कोरियाको ग्योंग्जुमा भोलिदेखि हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुने क्रममा ट्रम्प र सीबीच बुसान शहरमा आज भेटवार्ता भएको हो । बुसान ग्योंग्जुबाट ८५ किलोमीटर टाढा पर्छ । वार्तामा व्यापार सम्झौता, विश्व अर्थतन्त्रको स्थायित्व तथा क्षेत्रीय सुरक्षा सहयोगका विषयमा छलफल केन्द्रित हुने धेरैको अनुमान छ ।

भिडियो स्रोत : सिसिटीभी प्लस ।

टिप्पणीहरू