अत्याधुनिक हेलिकोप्टर प्रदर्शनीको बेग्लै रौनक
चीनको थिएन्चिन शहर नजिकै जारी सातौँ हेलिकोप्टर एक्स्पोमा न्यून–उचाइ उडान प्रविधि र उच्च प्रविधिको व्यापक प्रदर्शन गरिएको छ। प्रदर्शनमा वास्तविक हेलिकोप्टरदेखि स्मार्ट ड्रोन पूर्वाधार र आधुनिक अवधारणाका विमानसम्म राखिएको छ।
भोलिसम्म चल्ने चार दिने प्रदर्शनीले चीनको उड्डयन अनुसन्धान र उत्पादन क्षमताको प्रत्यक्ष अनुभव र अवसर प्रदान गरेको छ । एक लाख ६० हजार वर्गमिटरमा फैलिएको भित्री र बाहिरी प्रदर्शनी क्षेत्रमा यो वर्ष सबैभन्दा बढी सहभागी कम्पनीहरूले आफ्नो प्रविधि प्रदर्शन गरेका छन् ।
प्रदर्शनीमा सैनिक र नागरिक हेलिकोप्टरको उपस्थितिले दर्शक र उड्डयन प्रविधि बीचको दूरी घटाएको छ। धेरै स्टलहरू ‘पारदर्शिता’को थिममा तयार पारिएका छन् । यसले जटिल एयरोस्पेस प्रणालीलाई नजिकबाट बुझ्न मद्दत गरेको विश्लेषण गरिएको छ ।
प्रदर्शनीमा अनुसन्धान र विकासको चरणमा रहेका अवधारणात्मक मोडलहरू पनि देखाइएका छन्। ती मोडलले एआई उडानमा नियन्त्रण, नयाँ ऊर्जा, र न्यून–उचाइ समन्वय प्रणाली जस्ता प्रविधिहरू समेटिएका छन्।
विमानका अतिरिक्त, न्यून–उचाइ अर्थतन्त्रका लागि पूर्वाधार नवप्रवर्तनले पनि ध्यान आकर्षित गरेको छ । विशेषगरी ड्रोन सेवाका लागि प्रदर्शनीमा राखिएको कमल आकारको ग्राउन्ड स्टेशनले स्वचालित ब्याट्री परिवर्तन र मोडुलर उपकरण प्रतिस्थापनको सुविधा दिएको छ । जसले एउटै युएभीलाई विभिन्न कार्यहरू सञ्चालन गर्न सक्षम बनाएको छ ।
स्रोत : सिसिटीभी प्लस ।
टिप्पणीहरू