ओलीलाई हरेक दिन मोटरसाइकल एस्कर्टिङ
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको चालु केन्द्रीय समिति बैठकस्थलसम्म आउँदा र जाँदा मोटरसाइकल एस्कर्टिङ दिने गरिएको छ । एमाले तथा राष्ट्रिय युवा संघका नेता तथा कार्यकर्ताले भक्तपुरको गुण्डुस्थित निवासदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेससम्म आउँदा र जाँदा मोटरसाइकल अघि पछि कुदाएर सुरक्षा दिने गरिएको छ ।
एमाले दशौँ केन्द्रीय कमिटी बैठकको आज तेस्रो दिनको बैठकमा सहभागी हुन ओली बिहान सवा ८ बजे पुगिसकेका छन् । बैठकस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बैठकमा राजनीतिक,संगठनात्मक र समसामयिक एजेण्डामाथि छलफल जारी छ । हिजोसम्म आधाभन्दा बढी सदस्यले धारणा राखिसकेका छन् । थुप्रैले अध्यक्ष ओलीले नेतृत्व छाडेर मार्ग प्रशस्त गर्नुपर्ने आशय व्यक्त गरेका छन् । एमाले केन्द्रीय समितिमा तीन सय ६७ सदस्य छन् ।
टिप्पणीहरू