जेन जी अगुवाको ठगी पृष्ठभूमि
आफूलाई जेन जी अगुवा बताउँदै आएका अर्जुनकुमार शाही ठगीमा संलग्न एकपछि अर्को घटना बाहिर आएकोे छ । उनले विभिन्न युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगेको खुलेको छ ।
श्रीकृष्ण फुयाँलसहितका पीडित युवाहरुले गत वैशाखमा उपत्यका अपराध अनुसन्धान कार्यालय र महाराजगञ्ज प्रहरी वृत्तमा शाहीविरुद्ध उजुरी दिएका थिए । ठगी र चेक बाउन्सको कसुरमा कारवाहीको माग गर्दै पीडितहरुले शाहीविरुद्ध उजुरी दिएका हुन् ।
अछाम घर भएका शाहीले पैसा फिर्ता गर्ने भन्दै बारम्बार चेक दिएको, तर नसाटिएपछि प्रहरीसम्म पुग्नु परेको पीडितहरुले बताएका छन् । विदेशमा राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै गाउँका सोझा युवाहरुबाट पैसा उठाएर ठगी गरेका उनै शाही अहिले जेनजी अगुवा बनेको देख्दा दुःख लागेको एक पीडितले बताए । उनका अनुसार शाहीले एक वर्षभित्र मोबाइलका ७ वटा सिम (नम्बर) परिवर्तन गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा शीतल निवास समेत पुगेका शाहीले पछिल्लो समय जेनजीको नाममा विभिन्न सरकारी निकाय पुगेर कर्मचारीलाई धम्काउँदै आफ्नै खालको निर्देशन दिँदै आएको देखिन्छ ।

टिप्पणीहरू