उसै त सानो कम्युनिष्ट पार्टीका दु:ख अनेक

उसै त सानो कम्युनिष्ट पार्टीका दु:ख अनेक

नेकपा (बहुमत) का १६ जना केन्द्रीय सदस्यले आजबाट पार्टी परित्याग गरेका छन् जसमा ४ जना पोलिटब्युरो सदस्य समेत रहेका छन् । पोलिटब्युरो सदस्यहरु पलबहादुर रावत (संगम),पूर्ण रसाइली (रक्तिम),हरिश दयाल (अर्जुन), किरण जोशी (वासुदेव) सहित केन्द्रीय सदस्यहरुमा माधव घिमिरे,दर्शन नेपाली, हरि श्रेष्ठ (जोतारो),शरद रसाइली,बद्रि अधिकारी (अनवरत),आशिष चौधरी, रेखा चौवान,अर्जुन मण्डल,राजीव तामाङ,पार्वती सिंह र नेत्र रानाभाटले जेन्जी विद्रोहका ऐतिहासिक सकारात्मक पक्षहरूलाई सिकाइको रूपमा ग्रहण गर्दै,नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट उठाउन अब ढिला गर्न नहुने बताएका छन् । यसको लागि संकिर्ण र पुराना विचार, परम्परागत संगठनात्मक,वैचारिक, राजनैतिक,साँस्कृतिक र नोकरशाही एकात्मक नेतृत्व प्रणालीलाई भत्काउनु आवश्यक भएकोमा उनीहरूको जोड छ ।

यसअघि असोज १० गते नेकपा (बहुमत) का ४ जना केन्द्रीय सदस्य हरिश भट्ट,किशोर कुँवर 'अविनाश' बिक्रम पौडेल 'अनिश' र पदम मगर 'बिहानी'ले समेत पार्टी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका थिए । अहिलेको टोलीले नयाँ अभियान घोषणा गर्ने भनेको छ ।

टिप्पणीहरू