प्रहरीको हतियार लुट्ने युवक लागुऔषधसहित पक्राउ

प्रहरीको हतियार लुट्ने युवक लागुऔषधसहित पक्राउ

गत भदौ २३ गतेको जेनजी प्रदर्शन र भदौ २४ गतेको विध्वंशमा प्रहरीको हतियार लुट्ने एक युवक पक्राउ परेका छन् । प्रहरीको बन्दुक खोस्ने १८ वर्षीय आदित्य लिम्बु लागुऔषधसहित समातिएका हुन् ।

उनीसहित आठ जनालाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–३, बेलडाँगीका २७ वर्षीय साजन थापा, १९ वर्षीय पविन विश्वकर्मा, २५ वर्षीय सुचन दर्जी, २५ वर्षीय विजय माझी, २० वर्षीय निश्चल पोर्तेल,  इलामको चुलाचुली गाउँपालिका–३ का ३२ वर्षीय दिपेश तामाङ र सनम राई रहेका छन् । 

बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर एथ्री, हट नम्बर ३५३ स्थित थापाको घरमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, दमकबाट टोली खटिएको थियोे । उनीहरुले चस्माको खोलभित्र लुकाएर राखेको अवस्थामा सात ग्राम आठ सय मिलिग्राम लागुऔषध फेला परेको कार्यालयले जानकारी दिएको छ । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको  छ ।

टिप्पणीहरू