विश्वमा नयाँ हतियारको आविष्कार हुँदै

विश्वमा नयाँ हतियारको आविष्कार हुँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले विकास र परीक्षण गरिरहेका नयाँ हतियारहरू छिट्टै सार्वजनिक गर्ने बताएका छन् । ताजिकिस्तान भ्रमणका क्रममा उनले नयाँ हतियारको विकास भइसकेको र त्यसको सफल परीक्षण मात्रै बाँकी रहेको उल्लेख गरेका हुन् ।

पुटिनले भने, ‘नयाँ प्रणालीका हतियारहरु विकास र परीक्षणको क्रममा छन् । परीक्षणहरू राम्रोसँग अघि बढिरहेका छन् । अन्तिम परीक्षण बाँकी छ ।’

उनका अनुसार रूससँग अन्तरमहाद्विपीय,जलसेना र वायु सेनासङ्ग आधुनिक हतियारहरू पहिले नै पर्याप्त छन् । उनले आफ्ना परमाणु निरोधक हतियार आधुनिक विश्वका कुनै पनि परमाणु–संरक्षित देशभन्दा उच्च रहेको पनि दाबी गरे ।

तर उनले कुन प्रकारका प्रणालीहरू सार्वजनिक गरिने वा कहिले सार्वजनिक हुने भन्नेबारे खुलाएका छैनन् । युक्रेन युद्ध,अमेरिकालगायत पश्चिमा राष्ट्रहरुको आर्थिक नाकाबन्दीलगायत समस्या झेल्दै गरेको रुसले एकाएक नयाँ प्रणालीको हतियारबारे जानकारी दिनुलाई विश्व राजनीतिमा बढ्दो रणनीतिक महत्व प्रष्ट पारिएको सन्दर्भका रुपमा लिइएको छ ।

पछिल्लो समय छिमेकी चीन,उत्तर कोरिया,भारत,इरान,टर्कीसँग रुसको व्यापारिक तथा सैन्य र हतियारको सम्बन्ध नजानिँदो ढंगले गाढा बन्दै गएको छ ।

टिप्पणीहरू