चुनाव बिथोल्ने जेन–जी २.० को चेतावनी,सङ्गै पूर्व आइजिपी
जेन–जी २.० समूहले आफ्ना माग पूरा नभए फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचन बिथोल्ने चेतावनी दिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा समूहका प्रवक्ता अविन लिम्बूले जेन–जीका नाममा विभिन्न राजदूतावासहरूमा गएर मन्त्री र पद माग्ने कार्यले जेन जीको मर्म र भावनालाई बदनाम गरेको बताएका छन् ।
उक्त कार्यबाट असली जेन–जीको छवि बिगारिएको भन्दै लिम्बूले संगठनलाई व्यवस्थित गर्न नयाँ विभाग र जिम्मेवारीको घोषणा गरेका छन् ।
सदस्य सचिवमा कुन्दन कुशवाहा, प्रवक्ता तथा वार्ता समिति प्रमुखमा अविन लिम्बू,विज्ञ टोली प्रमुखमा पूर्व आइजीपी सर्बेन्द्र खनाल,जनसम्पर्क विभागमा त्रिदेव भट्टराई र भ्रष्टाचार निर्मूल तथा नियन्त्रण विभागमा प्रज्वल लामा र सीताराम राई छन् ।
उक्त समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कानूनी दायरामा ल्याउन पक्रनै पर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था,अन्तरिम संविधान,एनजिओ र आइएनजिओ खारेजीको माग अघि सारेको छ ।
टिप्पणीहरू