आमाबाट उत्प्रेरित सि जिनपिङका महिलामैत्री अभिव्यक्ति

आमाबाट उत्प्रेरित सि जिनपिङका महिलामैत्री अभिव्यक्ति

झण्डै आधा शताब्दीअघि,सि जिनपिङ किशोर अवस्थामै अन्य युवक झैँ शहरबाट गाउँ पसे । उनी ती लाखौँ ‘शिक्षित युवाहरू’ मध्ये एक थिए,जसलाई ‘बाँच्ने कला सिक्न र काम गर्न’ शहरबाट गाउँ पठाइयो । 

लोएस पठारको एक गरिब गाउँ लियाङजियहमा बस्दा उनले ग्रामीण जीवनका कठिनाइहरूलाई नजिकैबाट अनुभव गरे । तीमध्ये ग्रामीण महिलाहरूले बोक्नुपरेका जिम्मेवारीका दैनिक भारीले उनको मनमस्तिष्कमा गहिरो असर पारेको थियो ।

एकदिन उनले गाउँकी बासिन्दा वु ह्वेलाई सोधेका थिए,‘किन यहाँका महिलाको जीवन सधैं यति कठिन देखिन्छ ?’ त्यो दुःख जान्ने र व्यक्त गर्ने कुरो मात्रै थिएन त्यसैले त्यो समयदेखि नै उनी मानिसहरूको जीवन सुधार्ने उपाय खोज्नेतर्फ लागे ।

१६ वर्षको उमेरमा लियाङजियह पुगेका सिले त्यहाँ सात वर्ष बिताए । त्यस अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीमा प्रवेश गरे र पछि गाउँकै पार्टी सचिव बने ।

‘उनी (झोंगसुन) ले कहिल्यै मलाई परिवारका लागि करियर त्याग्न भनेनन् ।’

त्यो समय गाउँमा खेतीपातीको काम पनि निकै कठिन थियो। किसानको शरीरमा न्यानोको लागि लगाइएका कपडा छिट्टै फाट्थे । खेतमा दिनभर मेहनत गरेपछि महिलाहरू राति मट्टीतेलको बत्तीको उज्यालोमा बसेर भए पनि परिवारका सबैका च्यातिएका र उध्रिएका कपडा सिउनुपर्ने जिम्मेवारी राति नै पूरा गर्थे ।

त्यस्तो कठिन अवस्था देखेपछि ग्रामीण महिलाको बोझ घटाउन सिले गाउँलेहरूलाई मिलाएर एउटा ‘लुगा सिउने सहकारी’ स्थापनाको निधो गरे । त्यस सहकारीमा सिसँगै काम गरेकी वु ह्वेले पछि सम्झिइन्— सहकारीले दक्ष सिलाईकला भएका महिलाहरूलाई सेवा सञ्चालनका लागि रोजगारी दिथ्यो, र गाउँलेहरूले आफ्नो आम्दानीको एक भागको सट्टा सेवा लिने व्यवस्था थियो ।

यसकारण,सीपयुक्त महिलाहरूले आफ्नै सीपबाट आम्दानी गर्न सक्थे भने अरू महिलाले घरधन्दा र खेतीबीच सन्तुलन राख्न पाउने भएपछि निकै राहत महसुस गर्थे । 

यसकारण वर्षौँदेखि सि जिनपिङको विश्वास रहँदै आएको छ -‘महिलाहरू सियोको टुप्पोको सीमामा मात्रै सीमित हुनुपर्दैन । उनीहरूले बाहिरी संसारका फराकिला क्षितिजमा पनि उड्न पाउनुपर्छ।’

सन् १९९० मा जब उनी पूर्वी चीनको फुजियान प्रान्तको निङद प्रिफेक्चरमा पार्टी प्रमुख भए त्यसपछि स्थानीय पत्रिकामा प्रकाशित लेखमा त्यतिबेलाको समाजमा रहेका महिलामाथिका विभेदपूर्ण मूल्य,मान्यता र धारणाहरूको सशक्त रुपमा विरोध गर्दै समाज विकासमा महिलाको भूमिकालाई जोड दिएका थिए ।

‘पहिले ग्रामीण महिलाहरू भान्सामा मात्र सीमित हुने हो मञ्चमा होइन,सार्वजनिक भूमिकामा त झन होइन भनिन्थ्यो,’ उनले लेखेका छन्, ‘तर इतिहास र यथार्थले बारम्बार प्रमाणित गरेको छ — समाजवादी क्रान्ति र निर्माण अवधिमा पूर्वी फुजियान (निङद) का असंख्य महिलाहरू भान्साबाट निस्किए,घरको सीमानाबाट समाजमा प्रवेश गरे, विभिन्न पेशामा लागे र राजनीतिक गतिविधिमा समेत सहभागी भएका छन् ।’

लेखमा सिले जोड दिएका छन्, ‘इतिहास र यथार्थ दुवैले बताउँछ कि जनसंख्याको आधाभन्दा बढी हिस्सा महिला छन् । र उनीहरू समाजको प्रगतिका महान शक्ति हुन्। हाम्रो प्रत्येक उपलब्धिमा महिलाको मेहनत समावेश छ।’

हुनत,सि जिनपिङको जन्म एक क्रान्तिकारी परिवारमा भएको हो । उनका पिता सि झोंगसुन र आमा चि सिन दुवै युवावस्थामै क्रान्तिमा संलग्न भएर आफ्नो कार्यप्रति समर्पित थिए ।

सन् १९५० को दशकमा, जब आमा चि सिन घरबाट टाढा काम गर्थिन्,त्यतिबेला हप्तामा एकपटक मात्र घर फर्किन्थिन्। पत्नीको काममा बाधा नपरोस् भनेर तत्कालीन सरकारमा वरिष्ठ अधिकारी रहेका बुबा सि झोंगसुनले आफ्नो फुर्सदमा बच्चाहरूलाई नुहाउनेदेखि कपडा धुनेसम्मका जिम्मेवारी सम्हाल्थे ।

आमा चि सिनले सम्झिँदै भनेकी थिइन्— ‘उनी (झोंगसुन) ले कहिल्यै मलाई परिवारका लागि करियर त्याग्न भनेनन् ।’ बुबाको यही सोच पछ्याउँदै सि जिनपिङ पनि एक सहयोगी पति बनेको अहिले प्रमाणित भएको छ ।

सि पत्नी फङ्ग लियुआन चीनकी प्रसिद्ध गायिका हुन्। उनी पहिले देशभरका अधिकांश सांगीतिक कार्यक्रममा व्यस्त रहन्थिन् । फुजियानमा कार्यरत स्थानीय महिला सङ्घकी पूर्व अधिकारी लिन वेनसिउ त्यसबेलाको घटना सम्झिन्छिन्— ‘एकपटक फङ्गले आफ्नो करियर छोडेर परिवारमा समय दिने विचार गरेकी थिइन् । तर सिले उनलाई त्यसो नगर्न आग्रह गरे — ‘म यति स्वार्थी हुन सक्दिनँ,’ भन्दै उनले फङ्गलाई आफ्नो कला यात्रामा निरन्तर रहन प्रोत्साहित गरे ।’

हुन त बेइजिङमा प्रत्येक चिनियाँ नयाँ वर्षको अघिल्लो रात हुने स्प्रिङ फेस्टिभल गालामा फङ्ग लियुआन प्रस्तुति दिन्थिन् । त्यो समयमा सि पार्टी काममा प्रायः राजधानी बाहिर हुन्थे । उनी बेइजिङमा रहेको वर्ष आफू घरमा परिकार तयार पार्दै टेलिभिजनमा गाला डिनर कार्यक्रम हेर्थे र फङ्ग् घर फर्किएपछि मात्र परिवारसँग नयाँ वर्षको भोजमा रमाउँथे ।

उनी बेइजिङमा रहेको वर्ष आफू घरमा परिकार तयार पार्दै टेलिभिजनमा गाला डिनर कार्यक्रम हेर्थे र फङ्ग् घर फर्किएपछि मात्र परिवारसँग नयाँ वर्षको भोजमा रमाउँथे ।

राजनीतिक जीवनका हरेक चरणमा सिले महिलाको सशक्तीकरणमा विशेष जोड दिएको देखिन्छ । त्यसकारण पार्टी र सरकारको शीर्ष तहमा पुगेपछि पनि उनको उक्त दृष्टिकोण निरन्तर रह्यो ।

सन् २०१२ मा सिपिसीको १८औं राष्ट्रिय महाधिवेशनपछि उनले महिलासम्बन्धी मुद्दामा निकै महत्वपूर्ण सम्बोधनसहित निर्देशन दिएका थिए । महिलाको सर्वांगीण विकासका लागि अनुकूल वातावरण सिर्जना गर्न,अवरोध हटाउन र कानुनी संरचनाभित्र उनीहरूको हक सुनिश्चित गर्न सिले त्यतिबेलै जोड दिएका हुन् ।

उनले पटक–पटक भन्दै आएका छन् — ‘महिलाहरूले समाज विकासका क्रममा भोग्ने समस्या र कठिनाइतर्फ विशेष ध्यान दिनुपर्छ, र तिनको समाधानका लागि सम्बन्धित निकायहरूले ठोस कदम चाल्नुपर्छ।’

सिको नेतृत्वमा चीनले महिला विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ। उनको प्रतिबद्धता राष्ट्रिय सीमानाभन्दा बाहिरसमेत फैलिएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा सन् २०१५ मा आयोजित लैंगिक समानता र महिला सशक्तिकरण सम्बन्धी विश्व नेताहरूको सम्मेलनमा सिले भनेका थिए, ‘चीनको अनुभवले देखाउँछ, महिलाको सामाजिक र आर्थिक सहभागिताको स्तर उच्च भएमा उनीहरूको स्थान मात्र बढ्दैन, समाजको उत्पादकता र अर्थतन्त्र पनि सशक्त बन्छ।’

पाँच वर्षपछि, महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकमा सिले पुनः जोड दिए, ‘महिलालाई आफ्नो सपना र क्षमता पूर्ण रूपमा अभिव्यक्त गर्न सहयोग गरौं । विश्वस्तरमा लैङ्गिक समानता र महिला विकासका लागि संयुक्त प्रयास आवश्यक छ।’

पर्सि सोमबार सि जिनपिङ बेइजिङमा हुन लागेको महिलासम्बन्धी विश्व नेताहरुको सम्मेलनलाई सम्बोधन गर्दैछन् । सन् १९९५ मा बेइजिङमै सम्पन्न महिलासम्बन्धी ऐतिहासिक चौथो विश्व सम्मेलनको ३०औं वर्षगाँठको अवसरमा हुन लागेको यो बैठक विश्व महिला विकासको इतिहासमा अर्को महत्वपूर्ण कोशेढुंगा हुने विश्वास लिइएको छ ।

स्रोतः सिन्ह्वा ।
 


 

टिप्पणीहरू