उपेन्द्रका दुई नेता माओवादीमा मिसिए
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य देवबहादुर दूरा र दीपक दोर्जी लामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई आज पार्टीमा स्वागत गरे । यी दुइको प्रवेशलाई माओवादीले जेन-जी आन्दोलनपछि पार्टीप्रति जनताको भरोसा थप बढेको अर्थमा लिएको जनाएको छ ।
सो अवसरमा प्रचण्डले वर्तमान राजनीतिक परिदृश्यमा वाम एकता र परिवर्तनकारी एजेन्डाका लागि सबै प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै पार्टीको सिद्धान्त र कार्यक्रमअनुसार अघि बढ्न आह्वान गरेका थिए ।
नवप्रवेसी दूरा र लामाले माओवादी र प्रचण्डले मात्रै मुलुकको नेतृत्व गर्नसक्ने निश्कर्षका साथ माओवादीमा आएको बताएका थिए ।
टिप्पणीहरू