ट्रम्पको आशामाथि तुषारापात
फाेटाे स्राेत : राेयटर्स
यो वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ । नर्वेको नोबेल शान्ति पुरस्कार समितिले मचाडोलाई ‘आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा’ को विशेषण भिराउँदै उक्त पुरस्कारले सम्मान गर्ने जानकारी दिएको छ ।
उनी नोबेल शान्ति पुरस्कार पाउने बीसौँ महिला भएकी छन् । यसअघि नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चा गरिएको थियो । युक्रेन युद्ध अन्त्य गराउन पहल गरिरहेको र गाजामा युद्ध बिरामका लागि इजरायल र हमासलाई बाध्य पारेको सन्दर्भ कोट्याउँदै पश्चिमा सञ्चार माध्यमले यो वर्षको नोबेल शान्ति पुरस्कारका लागि उनलाई प्रमुख दाबेदारको रुपमा प्रचार गरेका थिए ।
टिप्पणीहरू