चीनका प्रधानमन्त्री उत्तर कोरियामा
चिनियाँ प्रधानमन्त्री ली छियाङ उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको छ । उहाँ उत्तर कोरियाको सद्भावना भ्रमण र सोही क्रममा उत्तर कोरियाली मजदुर पार्टीको ८०औँ वार्षिकोत्सवमा सहभागी हुन त्यहाँ पुग्नुभएको जनाइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो स्थायी समितिक सदस्य तथा प्रधानमन्त्री ली उत्तर कोरियाली सरकार र मजदुर पार्टीको केन्द्रीय समितिको निमन्त्रणामा प्योङयाङ जानुभएको हो ।
गत महिना उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्वमाथि फासिस्ट शासनविरुद्धको विजयको ८०औँ वार्षिकोत्सवमा सहभागी हुने क्रममा चीनको भ्रमण गरेपछि चिनियाँ प्रधानमन्त्री त्यहाँ पुग्नुभएको हो ।
स्रोत : सिन्ह्वा ।
टिप्पणीहरू