उता महोत्सव, यता पूर्णिमा

चीनको मुख्यभूमि र अन्य भूभागमा आज मध्य–शरद महोत्सव (मुन फेस्टिभल) मनाइँदै छ । सो अवसरमा चन्द्रमासँग सम्बन्धित विविध कार्यक्रमहरू आयोजना गरिएको छ ।

सो क्रममा फुचिएन प्रान्तको हुआआन काउन्टीमा भव्य र्याली आयोजना गरिएको छ । पर्यटकहरूले माछा–आकृतिका लालटिन बोकेर स्थानीय संस्कृतिको अनुभव गरेका छन् । ‘देवी’ ले विशाल चन्द्र मूर्तिबाट फूलहरु बर्साउँदै वातावरणलाई रमाइलो बनाउने विश्वास गरिन्छ ।

हेनान प्रान्तको झोङमौ काउन्टीमा रहेको प्रसिद्ध सिनेमा टाउनमा दैनिक १६० भन्दा बढी कार्यक्रम सञ्चालन गरिएको छ । त्यहाँ पुगेका पर्यटकहरूले विशाल चन्द्र–आकृतिको लालटिनसँग फोटो खिच्ने र चन्द्रमा तथा पर्वसँग जोडिएका गीतहरूको विशेष कन्सर्टको आनन्द लिएको बताएका छन् ।

उता शानडोङ प्रान्तको जिबो सिटीमा मध्य–शरद पर्व–थिममा आधारित रोल–प्ले खेल आयोजना गरिएको छ । त्यहाँ पुगेका पर्यटकहरुले स्थानीय संस्कृतिमा डुबुल्की मार्ने अवसर पाएकोमा दंग देखिन्छन् । प्रान्तीय राजधानी जिनानको चाओरान प्याभिलियनमा पर्यटकहरूले हिजो राति चन्द्रमा हेर्दै शान्तिपूर्ण सङ्गीतको मजा लिएका छन् ।

यता नेपालमा पनि आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै छ । नेपालीहरुले घर–घरमा दियो बालेर रातभर लक्ष्मीको पूजा गर्दैछन् । आजको रातमा पूर्णिमाको चन्द्रमा हेर्दै खुशी र समृद्धिको कामना गर्ने चलन छ ।

 

स्रोत् : सिसिटिभी प्लस ।

टिप्पणीहरू