चाडपर्वमा यात्रुको समस्या बुझ्न राजमार्गमा मन्त्री

चाडपर्वमा यात्रुको समस्या बुझ्न राजमार्गमा मन्त्री

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बीपी राजमार्गको निरीक्षण गरेका छन्। चाडपर्वमा यात्रुले भोगेका समस्या, ट्राफिक व्यवस्थापन र गत वर्षको बाढीले क्षतिग्रस्त सडकको पुनर्निर्माणबारे जानकारी लिन सरकारी अधिकारीहरूसहित नवमीको दिन उनी त्यहाँ पुगेका हुन् ।

मन्त्री घिसिङले दशैं–तिहारपछि पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढाउने बताएका छन् । उनले यात्रुलाई सहज यात्राको सुनिश्चितताका लागि उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिए ।

टिप्पणीहरू