लिलाम बिक्रीका लागि एनआईसीको अनलाइन पोर्टल

लिलाम बिक्रीका लागि एनआईसीको अनलाइन पोर्टल

एनआईसी एसिया बैंकले लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । 

बैंकको नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति, बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रहेको सम्पत्ति बिक्रीसम्बन्धी जानकारी दिन अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । पोर्टलमा लिलाम बिक्री गरिने सम्पत्तिसम्बन्धी सम्पूर्ण किसिमका सूचना राखिएको छ । 

जसअनुसार लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र बिक्रीमा रहेका सम्पत्तिहरुको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारी प्राप्त गर्न सकिन्छ । 

यसरी लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखेर पठाउन सकिने बैंकको भनाइ छ ।

टिप्पणीहरू