आक्रोशित हुँदै काँग्रेस प्रवक्ताले सोधे: 'हु आर दे ?'

आक्रोशित हुँदै काँग्रेस प्रवक्ताले सोधे: 'हु आर दे ?'

सरकारको गतिविधिप्रति नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ । लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका खेलेका राजनीतिक दलहरूलाई कमजोर बनाउनेगरी सरकार प्रस्तुत भैरहेको भन्दै प्रवक्ता डा. प्रकाशहरण महतले आक्रोश व्यक्त गरेका हुन् । 

आज पत्रकार सम्मेलन गरेर उनले सरकारमा बस्नेहरूको रबैया ठिक नदेखिएको जनाउँदै विरोध गरे । ‘जसले लोकतन्त्र, जनअधिकार, सबै वर्ग र समुदायको लागि लड्दै आएको छ, त्यही पार्टीलाई कमजोर बनाउने प्रयास सह्य हुँदैन’, महतले रिसाउँदै भने, ‘यिनीहरुले त अब चुनाव पनि लड्न दिन्नौँ रे ! हु आर दे ?’

जनताले आफ्नो अधिकार प्रयोग गर्न पाउने अवसरलाई कसैले खोस्न नसक्ने उनले स्पष्ट पारे । ‘जनताले कसलाई रोज्ने, आफ्नो च्वाइस छान्ने, आफ्नो मताधिकारलाई निषेध गर्न खोजिएको हो ? कस्तो प्रवृति हो यो ?’ उनी थप जंगिए । 

पूर्व अर्थमन्त्रीसमेत रहेका महतले निरकुंश शासन स्थापित गर्न खोजिएको भन्दै जनतालाई सचेत हुन आग्रह पनि गरेका छन् । ‘यो प्रवृतिको हामी विरोधी हौँ, घोर निन्दा पनि गछौँ, जुन तरिकाले यो सरकार अघि बढ्न खोजेको छ, त्यसमा सबै जनतालाई सचेत हुन आग्रह गर्छु’, उनले भने ।
 

टिप्पणीहरू