दशैँबीच पूर्व राष्ट्रपतिका अनेकौं भेट

दशैँबीच पूर्व राष्ट्रपतिका अनेकौं भेट

पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । भंगालस्थित निवास गत भदौ २४ गते जेन जी विध्वंशमा जलाइएपछि उहाँ बालुवाटारस्थित जेठी छोरी उषाकिरण भण्डारीको निवासमा बस्दै आउनुभएको छ ।

सोही निवासमा आज शनिबार बिहानदेखि बेलुकीसम्म भेटघाटमा व्यस्त हुनुभयो । बिहान पौने ११ बजेदेखि झण्डै एक घण्टा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईसँग कुराकानी भएको थियो । 

दिउँसो २ बजेदेखि झण्डै साढे दुई घण्टा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघका पूर्व उपाध्यक्ष रोशन बस्नेतसँग र साँझ ५ बजेपछि एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग कुरा गर्नुभयो । 

उता भक्तपुरको गुण्डुस्थित भाडाको निवासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि दिउँसो १ बजे पार्टी सचिवालयको बैठक बोलाउनुभएको छ ।
 

टिप्पणीहरू