माओवादीले नेताहरूको सम्पत्ति छानविन गर्ने

माओवादीले नेताहरूको सम्पत्ति छानविन गर्ने

नेकपा माओवादी केन्द्रले सबै केन्द्रीय नेताको सम्पत्ति छानविनका आयोग गठन गर्ने भएको छ । 

पार्टीको केन्द्रीय समिति बैठक समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो घोषणा गर्नुभएको हो । त्यस्तै, सबै नेताको सम्पत्ति सार्वजनिक गरिने छ । 

अध्यक्ष प्रचण्डका अनुसार पार्टीको सबै तहका नेता र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने छ । 'अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ', बैठकमा उहाँले भन्नुभयो।

संगठनात्मक मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेकोमा उहाँको जोड छ । बैठकमा नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन दिनुभएको छ ।

बैठक सम्पन्नसंगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने छ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।
 

टिप्पणीहरू