विकासको शिखरमा चीनको सिन्ज्यिाङ
चीनको सिन्ज्यिाङ युगुर स्वायत्त क्षेत्रले आफ्नो स्थापनाको ७० औँ वार्षिकोत्सव मनाएको छ । प्रान्तीय राजधानी उरुम्छीमा आयोजित भव्य समारोहमा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ सहभागी हुनुभयो । प्रदेश नेतृत्वको कार्य प्रतिवेदन पछि उहाँले ‘एकतापूर्ण, समृद्ध, सांस्कृतिक प्रगति भएको, वातावरणीय दृष्टिले सुदृढ र जनजीवन सुरक्षित सिन्जियाङ’ निर्माणमा जोड दिनुभएको छ ।
सन् २०२० सम्ममा सिन्जियाङले ३० लाखभन्दा बढी ग्रामीण जनतालाई गरिबीबाट मुक्त गरेको थियो । प्रदेशको २०२४ को जीडीपी २ ट्रिलियन युआन (करिब २८१ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन १९५५ को तुलनामा २०३ गुणा वृद्धि हो ।
उक्त अवसरमा दिइएको विवरणअनुसार सन् १९५३ मा ४.७८ मिलियन रहेको जनसंख्या २०२० सम्ममा २५.८५ मिलियन पुगेको छ । त्यसमा पनि जातीय अल्पसंख्यक जनसंख्या उल्लेख्य रूपमा बढेको छ ।
उच्च गुणस्तरीय विकासतर्फ
हाल सिन्जियाङले कृषिलाई आधुनिक औद्योगिक विकाससँग जोड्दै उच्च गुणस्तरीय अन्न र कपास उत्पादनमा अग्रणी प्रदेशको हैसियत बनाएको छ । सन् २०२४ मा चीनकै सबैभन्दा बढी अन्न उत्पादन गर्ने प्रदेश बनेको सिन्जियाङले ५.६९ मिलियन टन कपास उत्पादन गरेको छ, जुन चीनको कुल उत्पादनको ९२ प्रतिशत हो ।
ऊर्जा क्षेत्रमा पनि सिन्जियाङलाई चीनको रणनीतिक आधारका रूपमा विकास गरिँदै छ । २०२४ मा प्रदेशको विद्युत् उत्पादन क्षमता १९२.७ मिलियन किलोवाट पुगेको छ, जसको आधाभन्दा बढी नयाँ ऊर्जा स्रोतबाट आएको छ ।
सिल्क रोड इकोनोमिक बेल्टको मुख्य क्षेत्र निर्माणमा जोड दिँदै राष्ट्रपति सीले सिन्जियाङलाई एसिया र युरोपबीचको प्रमुख नाकाका रूपमा अझ सुदृढ बनाउन आह्वान गरे । गत वर्ष मात्रै १६ हजारभन्दा बढी चीन–युरोप मालवाहक रेल यस क्षेत्र भएर गुज्रिएका थिए ।
स्रोत : सिजिटिएन ।
टिप्पणीहरू