माओवादीले बनायो भोलिको एजेण्डा, अध्यक्ष प्रचण्ड संयोजक बन्दै

माओवादीले बनायो भोलिको एजेण्डा, अध्यक्ष प्रचण्ड संयोजक बन्दै

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको एजेण्डा तय गरेको छ । 

आज बसेको स्थायी कमिटी बैठकले भोलिदेखि कमलादीस्थित प्रज्ञा भवनमा बस्ने बैठकमा प्रस्तुत गर्ने एजेण्डा निर्धारण गरेको हो । जसमा केन्द्रीय समिति भंग गर्ने प्रस्ताव छ । 

आजको बैठकले केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने र विशेष महाधिवेशनको प्रस्ताव राख्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार अध्यक्षको प्रस्तावमाथि छलफल गरेपछि केन्द्रीय समिति भंग भएर महाधिवेशन आयोजक समितिमा परिणत हुनेछ । 

आयोजकको संयोजक प्रचण्ड नै रहने पनि प्रवक्ता सापकोटाले स्पष्ट पारे । त्यस्तै, बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउनेगरी सहयोग गर्न पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय पनि गरेको छ । 

विचार मिल्ने पार्टीहरूसँग एकताको पहल गर्ने पनि बैठकको निर्णय छ । जेन जी प्रदर्शनको क्रममा ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण र राहतको लागि पार्टी जनपरिचालन गर्ने तयारी छ ।

टिप्पणीहरू