तराईबाट भागेका कैदी पहाडमा
जेन–जी ध्वंसको मौका छोपेर बाँकेको जेलबाट भागेका एक कैदी पहाडमा पक्राउ परेका छन् । जाजरकोटको शिवालय गाउँपालिका–९, घर भएका २३ वर्षीय ज्ञानु वादी समातिएका हुन् ।
कर्तव्य ज्यान मुद्दामा सजाय पाएका उनी भदौ २४ गते आन्दोलन चलिरहँदा बाँकेको नौवस्ता कारागारबाट भागेका थिए । शिवालय गाउँपालिका–१, मोर्कस्थित आफन्तको घरमा लुकिछिपि बसेको अवस्थामा उनलाई आज प्रहरीले पक्रेको हो ।
वादीलाई जाजरकोट कारागारमा बुझाइएको छ ।
टिप्पणीहरू