क्याविनेट बैठक लाइभ गर्न माग गर्दै धर्ना निरन्तर

क्याविनेट बैठक लाइभ गर्न माग गर्दै धर्ना निरन्तर

मन्त्रिपरिषद बैठक प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग राख्दै एक महिला सडकमा ओर्लिएकी छन् । आफूलाई स्वतन्त्र नागरिक भन्ने उदयपुर घर भई हाल काठमाडौँको कालिमाटी बस्ने सरिश्मा थापा उक्त माग लिएर धर्नामा बसेकी हुन् । 

अन्तरिम सरकारका प्रधानमन्त्रीले शपथ खाएको भोलिपल्ट भदौ २८ गते माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा धर्ना शुरु गरेकी उनले आज आठौँ दिन निरन्तरता दिइन् । उनले पारदर्शिताको संकेत दिने गोलो सिसा हातमा लिएकी छन् ।  

 काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले कार्यपालिका बैठक लाइभ गरेजस्तै मन्त्रिपरिषद बैठक पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने थापाको माग छ ।

टिप्पणीहरू