प्रधानमन्त्री र अमेरिकी राजदूतबीच एमसीसीबारे छलफल

प्रधानमन्त्री र अमेरिकी राजदूतबीच एमसीसीबारे छलफल

प्रधानमन्त्री सुशिला कार्की र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच अमेरिकी एमसीसी परियोजनाबारे छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बधाई दिन पुग्नुभएका अमेरिकी राजदूतसँगको कुराकानीमा उक्त विषयमा कुराकानी भएको बताइएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले राजदूत थम्पसनले जेन जी ध्वंशमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन रहने वचन दिएको जनाएको छ । सो क्रममा अमेरिका र नेपालबीच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद् व्यवस्थापन र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा  रहेको एमसीसी सम्झौताका प्राथमिकताहरूमा छलफल गरिएको उल्लेख गरेको छ ।

एमसीसी कार्यान्वयनबाट अमेरिका र नेपालबीचको सम्बन्ध अझ सुरक्षित, सबल र समृद्ध हुने दूतावासको ठहर छ ।

टिप्पणीहरू