केपी ओली अबदेखि महेश बस्नेतको छिमेकी

केपी ओली अबदेखि महेश बस्नेतको छिमेकी

नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भाडाको घरमा बस्ने टुंगो लागेको छ । जेन–जी ध्वंशको क्रममा भक्तपुरको बालकोटस्थित घर आगजनीबाट खरानी भएपछि उहाँ भाडाको घरमा बस्न लाग्नुभएको हो । 

सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक घरमा उहाँका लागि डेरा खोजिएको बताइएको छ । ओलीको लागि भाडामा लिइएको घर एमालेका एक स्थानीय कार्यकर्ताको रहेको बुझिएको छ । पोलिटब्युरो सदस्य महेश बस्नेतको घर पनि गुण्डुमै पर्छ । 

बस्नेतले केही दिनअघि दशौँ हजार युवाले स्वागत गर्दै अध्यक्ष ओलीलाई सार्वजनिक गराउने बताएका थिए ।  जेन–जी समूहको प्रदर्शन राज्यको नियन्त्रणबाहिर पुगेपछि पद छाडेर बालुवाटारबाट हेलिकोप्टरमा बेपत्ता ओलीलाई नेपाली सेनाले शिवपुरीस्थित स्टाफ कलेजमा सुरक्षा दिएर राखेको थियो ।

टिप्पणीहरू