रास्वपाको नाममा धम्क्याएकोप्रति आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम लिँदै उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीलाई डर, धम्की दिएको खुलासा भएको छ ।
जेन–जी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाएर केही अवाञ्छित व्यक्ति र समूहले त्यस्तो गतिविधि गरेको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण जनाएको छ । सो पार्टीका अनुसार निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी प्राप्त भएको छ ।
यद्यपि, त्यस्ता गतिविधिमा पार्टीको कुनै पनि संलग्नता नरहेको रास्वपाको प्रष्टीकरण छ ।
‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जोकोही भएपनि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू