आगजनीबाट ध्वस्त क्वार्टरमा मन्त्रीहरू

आगजनीबाट ध्वस्त क्वार्टरमा मन्त्रीहरू

नवनियुक्त मन्त्रीहरु भैंसेपाटीस्थित मन्त्री क्वार्टरको अवलोकनमा पुगेका छन् । हालसालै निर्माण सम्पन्न उक्त क्वार्टर जेन जी ध्वंशको क्रममा प्रदर्शनकारीहरूले आगो लगाएर पूर्ण रूपमा क्षति पुर्याइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङ, गृह, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओम प्रकाश अर्याल अपरान्ह त्यहाँ पुगेका हुन् । उनीहरुसँगै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि भैंसेपाटी पुगेका थिए ।

टिप्पणीहरू