जलेको संसद भवनमा मन्त्रीको लाइन
अन्तरिम सरकारका तीन मन्त्रीले जेन जी विध्वंसपछि क्षतिग्रस्त संघीय संसद्को भवन अवलोकन गरेका छन् ।
मन्त्रीत्रय रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले आज दिउँसो बानेश्वरस्थित संसद भवनको स्थलगत निरीक्षण गरेका हुन् । भदौ २४ गते प्रदर्शनकारीले संसद भवनमा तोडफोड र आगजनी गरेका थिए । आगलगाीपछि संसद् भवन ध्वस्त भएको छ ।
खनाल, घिसिङ्ग र अर्याल सोही आन्दोलनको बलमा मन्त्री बनेका हुन् । सुशीला कार्की नेतृत्वको निर्दलीय सरकारमा उनीहरु क्रमशःः अर्थ, उर्जा र शहरी विकास अनि गृह र कानुनमन्त्री छन् ।










टिप्पणीहरू