फेसबुकमा राजीनामा लेखेका सभामुखले प्रक्रिया पुर्याए
बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत यसअघि नै राजीनामाको घोषणा गरेका उनले आज उपसभामुख अप्सरा चापागाईंलाई पत्र पठाएका हुन् ।
सामाजिक सञ्जालमाथि प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध गत भदौ २३ गते जेन–जी विध्वंशमा राज्य पक्ष्को अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पाठकले भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए ।
‘राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बसिरहनु सर्बथा अनुचित हुन्छ भन्ने अन्तर आत्मामा लाग्यो र भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरे, तर प्राविधिक कारणले कानूनी प्रक्रिया पूरा गर्न अनुकूल भएन,’ उनले राजीनामा पत्रमा लेखेका छन्, ‘आज नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’
टिप्पणीहरू