मुस्ताङको लोमान्थाङबाट नेपाल भित्र्याईँदै चिनियाँ गाडी

मुस्ताङको लोमान्थाङबाट नेपाल भित्र्याईँदै चिनियाँ गाडी

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका अवरुद्ध भएपछि चीनबाट आयात गरिएका विद्युतीय सवारी साधनहरु मुस्ताङ हुँदै ल्याउन थालिएको छ । 

मुस्ताङको कोरला नाका हुँदै ल्याइएका सवारी साधन लोमान्थाङस्थित न्हेचुङ भन्सार हुँदै ल्याइएको हो । गत असारमा आएको बाढीले रसुवाको रसुवागढी नाका र हालैको बाढी पहिरोले कोदारी राजमार्ग अस्तव्यस्त भएपछि मुस्ताङको कोरला नाकाबाट ती गाडी आयात गरिएको हो ।

पछिल्लो समय कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएको बताइन्छ । 

फोटो स्रोत : सुन्दरकुमार थकाली ।

टिप्पणीहरू