पत्रकार सम्मेलन गर्दागर्दै सुदन गुरुङ्गमाथि हमला
काठमाण्डौको पुतलीसडकस्थित ऋषि धमलाको रिपोर्टर्स क्लबमा भदौ २३ गते मारिएका २–३ जनाको परिवारका सदस्यहरुसहित पत्रकार सम्मेलन गरिरहेका हामी नेपालका नेता सुदन गुरुङमाथि भर्खरै हमला भएको छ । उद्धारका निम्ति प्रहरी पुगेको छ ।
आफू र आफ्नो संस्था “हामी नेपाल“माथि लागेको आरोपबारे स्पष्टिकरण दिन र आन्दोलमा ज्यान गुमाएकाको परिवारबारे जानकारी गराउन सुजन गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए । गुरुङले उत्तेजित धारणा राखेपछि मुठभेडको अवस्था आएको बताइन्छ ।
उपस्थित केहीले सुदनमाथि हमलाको प्रयास गरेका थिए भने फेसबुक लाइभमा उनीमाथि नानाथरी आरोप लागेको छ । अवस्था जटिल बनेपछि प्रहरी त्यहाँ पुगेको छ ।
सुदनले आफूलाई तिब्बती स्वतन्त्रता पक्षधर र भारतीय नागरिक भनी लागेको आक्षेपको स्पष्टिकरण दिन रिपोर्टर्स क्लब रोजेका हुन् ।
एक अर्को प्रसंगमा गुरुङले आफूहरूले भनेअनुसार नचले सरकार ढल्ने चेतावनी दिएका छन् । उनले भने, ‘जुनै सरकार आए पनि ढल्छ क्या । अब एक्लै भए पनि लड्छु, देशमा जबसम्म परिवर्तन हुन्न म लडिरहन्छु ।’
कार्यक्रमस्थलमा रहेका युवाहरूले ७३ वर्षकी सुशीला कार्कीलाई ल्याएर केही नहुने भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘७३ वर्षकी आमैलाई ल्याएर परिवर्तन हुन्छ ?’उनीहरुको प्रश्न छ ।
टिप्पणीहरू