निवर्तमान प्रधानमन्त्रीको घरबाट मूर्ति चोरी

निवर्तमान प्रधानमन्त्रीको घरबाट मूर्ति चोरी

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध भदौ २३ र २४ गते भएको आन्दोलन धेरैका लागि चोर्ने अवसर बन्यो । नेताहरुले देश लुटे भन्दै जेनेरेशन जेड अर्थात ‘जेन–जी’ पुस्ताले गरेको आन्दोलनमा सहभागी भएकै कतिपयले लुट मच्चाए । कसैले पसल लुटे त कसैले सरकारी कार्यालय । 

राष्ट्रिय झण्डा ओढेर सुपरमार्केट लुटिएको छ । आफूले तिरेको करले किनेको भन्दै नेताहरुको घरबाट सामानहरु चोरियो ।

आन्दोलन उग्र बनेपछि पदबाट राजीनामा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा पनि आगो लगाइयो । सोही मौका छोपेर कतिपय आन्दोलनकारीले भक्तपुरको बालकोटस्थित घरभित्र सजाइएका सामानहरु चोरेका छन् । 

एक युवाले ओलीको घरमा भएको सुनको गजुर हालिएको मूर्ति लैजाँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । टाउकोमा क्याप, सर्ट र जिन्सको प्यान्ट लगाएका उनी सो मन्दिर बोकेर दौडिरहेको देखिन्छ ।

टिप्पणीहरू