ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी, विमानस्थलमा सेना परिचालन

ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी, विमानस्थलमा सेना परिचालन

सुरक्षा अवस्थालाई ध्यानमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारमा नेपाली सेना परिचालन गरिएको छ ।

ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित निवासमा आगजनी गरिएको छ । आन्दोलनकारीहरुले पेप्सीकोला चोकस्थित अस्थायी प्रहरी जलाएका छन् । उता च्यासलस्थित एमाले पार्टी कार्यालयमा पनि ढुंगामुढा गरिएको छ ।

चाबहिल चोकको ट्राफिक लाइटमा आगो लगाइएको छ । कलंकी खसीबजारस्थित महानगरको कर उठाउने पोष्ट र कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्राङ्गणमा मोटरसाइकल जलाइएको छ ।
 

टिप्पणीहरू