मन्त्रीहरुले धमाधम राजीनामा दिदै

मन्त्रीहरुले धमाधम राजीनामा दिदै

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले आत्मसमीक्षासहित जेनजी आन्दोलनलाई सम्बोधन गरिएकाे पत्र सार्वजनिक गर्दै राजीनामा दिएका हुन् । आफ्नो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध तानाशाही सरकारलाई खबरदारी गरेको बताएका छन् । 

‘हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्’, उनले भनेका छन्, ‘यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु।’

उता स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने तयारी गरेका छन् । स्रोतका अनुसार उनी अहिले राजीनामा दिनुअघि पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा छन् । 

यसअघि नेता शेखर कोइरालाले सरकारमा सहभागी आफू निकटका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

टिप्पणीहरू