मुखमा मास्क र कालो टेप लगाएकाहरु नयाँ बानेश्वरबाट पक्राउ

मुखमा मास्क र कालो टेप लगाएकाहरु नयाँ बानेश्वरबाट पक्राउ

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवा पक्राउ परेका छन् । उनीहरुलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) अगाडि प्रर्दशनमा उत्रिएका उनीहरूलाई प्रहरीले पक्रेको छ ।

‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित विरोध कार्यक्रममा उक्त संस्थाका महामन्त्रीसहित पाँच जना पक्राउ परेका हुन् । संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल, आशिष शर्मा प्रहरी नियन्त्रणमा छन् । 

मुखमा मास्क र कालो टेप लगाएर सांकेतिक विरोधस्वरुप प्रदर्शनमा उत्रिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू