सशस्त्रको मान्छे ठगीमा संलग्न

सशस्त्रको मान्छे ठगीमा संलग्न

अपराध रोक्ने निकायमा बसेर ठगीमा संलग्न ! सशस्त्र प्रहरी बल,नेपालकी एक महिला कर्मचारीको काम हो यो । मुख्यालयको सवारी शाखामा कार्यरत प्रहरी सहायक हवल्दार सरला थिङले धेरैलाई ठगेको पाइएको छ । जग्गा मिलाइदिन्छुलगायत विभिन्न बहानामा उनले पैसा उठाउने गरेको पीडितहरुले बताएका छन् ।

एक पीडितका अनुसार उनले ‘आफू सशस्त्र प्रहरी हुँ,जग्गा मिलाइदिन्छु, जमानत बसिदिन्छु’ भनेर पैसा असुल्छिन् । सापटी भन्दै लिएको पैसा पनि फिर्ता गर्दिनन् । गत वैशाख ३० गते रामचन्द्र श्रेष्ठका नाममा राष्ट्रिय वाणिज्य बैंकको कलंकी शाखाको १७५०१०००१३९४८०१० नम्बरको चेक काटेकी थिइन् । 

चार लाख रुपैयाँको चेक काटेकोमा बाउन्स भएको छ । खातामा पर्याप्त रकम नभएकाले चेक बाउन्स भएको हो । पैसा फिर्ता माग्दा उनले धम्क्याउने,तर्साउने गरेको पीडितको भनाइ छ । ‘बारम्बार पैसा फिर्ता मागिसकेको छु । तेरो पैसा दिन्न, जे गर्छस् गर् भनेर थर्काउँछिन्’,उनले भने । 

एक कर्मचारी भन्छन्,‘उहाँको नाममा धेरै चेक बाउन्स भइसकेको छ ।  बैंक खाता कालोसूचीमा राख्नका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं ।

पीडितका अनुसार यो धन्दामा श्रीमानले पनि साथ दिइरहेका छन् । उनलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने पीडितहरुको माग छ । भन्छन्,‘सशस्त्रको बर्दी भिरेर दुनियाँलाई ठग्दै हिँड्ने उनलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । सशस्त्रले तत्कालै कुनै कदम चालोस् ।’

यता, बैंकले उनको धेरै चेक बाउन्स भइसकेको जानकारी दिएको छ । एक कर्मचारी भन्छन्,‘उहाँको नाममा धेरै चेक बाउन्स भइसकेको छ ।  बैंक खाता कालोसूचीमा राख्नका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं ।’

सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले सोबारे आफूले बुझ्ने बताए । जनआस्थासँग भने,‘बुझ्छु, के रहेछ ।’
 

टिप्पणीहरू