मानव सुक्ष्मजीव विज्ञले पनि छाडिन् अमेरिका

मानव सुक्ष्मजीव विज्ञले पनि छाडिन् अमेरिका

अमेरिकामा कार्यरत मानव सुक्ष्मजीव विज्ञ तथा महामारीविद वाङ लेयाओ अमेरिका छाडेर चीन पुगेकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शैक्षिक अनुसन्धानका लागि करोडौँ डलरको सहयोग रोक्काको निर्णय गरेपछि अमेरिकी सरकारी संस्थामा काम गरिरहेका अनुसन्धानकर्तामध्ये अमेरिका छाड्ने उनी पछिल्लो व्यक्तित्व हुन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच) मा प्रख्यात वैज्ञानिकको रूपमा कार्यरत वाङले उताबाट फर्केपछि चीनको सेन्जेन मेडिकल एकेडेमी अफ रिसर्च एण्ड ट्रान्सलेसनको इन्स्टिच्युट (स्मार्ट) अफ ह्युमन इम्युनोलोजीमा वरिष्ठ अनुसन्धान फेलोको जिम्मेवारी सम्हालिसकेको बताइन्छ । उनी आफ्नो संस्थासँग आवद्ध भएको स्मार्टले सामाजिक सञ्जालमार्फत जानकारी दिइसकेको छ ।

चाइना साउथ मर्निङ पोष्टका अनुसार एकेडेमीले वाङ ‘मानव सुक्ष्मजीवको अध्ययनमा लामो समयदेखि समर्पित रहेकाले प्रतिरक्षा प्रणालीमा सुक्ष्मजीवहरूको नियामक भूमिकाबारे बुझ्न र जलवायु परिवर्तनको प्रभावलाई स्पष्ट गर्न महत्वपूर्ण योगदान दिएको’ प्रतिक्रिया जनाइसकेको छ ।

टिप्पणीहरू