राष्ट्रपति पौडेल भोलि सेन्ट मेरिजमा
राष्ट्रपति रामचन्द्र पौडेल भोलि सेन्ट मेरिज स्कुल जानुहुने भएको छ । ललितपुरको जावलाखेलस्थित सो स्कुलको ७० औं वार्षिकोत्सवमा सहभागी हुन उहाँ त्यता जान लाग्नुभएको हो । कार्यक्रमको प्रमुख अतिथि उहाँ दिँउसो साढे २ बजे त्यहाँ पुग्नुहुने जनाइएको छ ।
मुलुककै प्रतिष्ठित शैक्षिक संस्थामा गनिने सो स्कुलको स्थापना सन् १९५५ मा भएको हो । ७० औं वर्ष पुरा गरेको उपलक्ष्यमा स्कुलले भोलि र पर्सि भव्य कार्यक्रम गर्दैछ । कार्यक्रममा विद्यालयले पार गरेको शैक्षिक यात्रा, उपलब्धि र भविष्यका लक्ष्यहरु प्रस्तुत गरिने जानकारी दिइएको छ ।
टिप्पणीहरू