मालपोतका खरिदार अख्तियारको फन्दामा

मालपोतका खरिदार अख्तियारको फन्दामा

दुई लाख घुस खाने मालपोतका खरिदार अख्तियारको नियन्त्रणमा परेका छन् । 

मालपोत कार्यालय, काभ्रेपलाञ्चोकको मुद्दा फाँटमा कार्यरत खरिदार ज्ञानेन्द्र भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित आज समातेको हो । 

अख्तियारको टोलीले बिहान मालपोत कार्यालयमा छापा मारेको थियो । सो क्रममा उनले घुस खाएको खुलेको हो । त्यसपछि उनलाई रंगेहात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । 

जनआस्थासँग उनले भने,‘उहाँ दुई लाख रुपैयाँ घुससहित समातिनुभएको छ । यो विषयमा थप अनुसन्धान भइरहेको छ ।’
 

टिप्पणीहरू