एमालेको अर्को टोली आजै राप्रपामा मिसियो

एमालेको अर्को टोली आजै राप्रपामा मिसियो

नेकपा एमालेका केही कार्यकर्ताले पूर्वपन्चहरुको पार्टी राप्रपा रोजेका छन् । 

लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएका बझाङका युवाहरू आज राप्रपा मुख्यालय धुम्बाराही पुगेर त्यता मिसिएका हुन् । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको हातबाट टीका र खादा लगाएका कमरेडहरूको हातमा राप्रपाको सदस्यता पनि थमाइएको छ । 

एमालेमा सक्रिय युवाको प्रवेशले आफूहरु निकै उत्साहित भएको लिङ्देनले बताएका छन् । यसअघि आज बिहानमात्रै एमालेको अर्को एउटा टोली पनि राप्रपामा प्रवेश गरेको थियो । 

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटारस्थित लिङदेनको निजी निवास पुगेर काठमाडौँ महानगरपालिका ३२ निवासी बासुदेव खत्री, सूर्य विनायक-४ भक्तपुका सूर्यवीर स्याङ्तान र ढल्केबर धनुषाका वीरबहादुर लामा राप्रपामा लागेका हुन् ।

टिप्पणीहरू