अस्तिको सम्मेलन र आजको सैन्य परेड, अमेरिका थप सशंकित
उत्तर कोरियाली नेता किम जोङ–उन छ वर्षपछि चीन पुगेका छन् । कोभिड महामारीलगायत कारणबाट रोकिएको घनिष्ट मित्रराष्ट्र चीनको भ्रमण गर्ने साइत उनलाई आज हुन लागेको सैन्य परेडले जुराइदिएको छ ।
चीनले यतिखेर बेइजिङको थिआनमेन स्क्वायरमा जापानी अतिक्रमणकारी युद्ध र विश्व फासिवादी युद्धमा प्राप्त विजयको अवसरमा ८० औं वार्षिकोत्सव मनाइरहेको छ । २६ देशका प्रमुखको सहभागिता रहेको कार्यक्रममा उत्तर कोरियाली नेता हिजो बिहान रेलयात्रामा राति बेइजिङ आइपुगेका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन थिएन्चिनबाट बेइजिङ पुगेर हिजै चिनियाँ राष्ट्रपति सि चिनफिङसँग ग्रेट हल अफ दि पिपुलमा द्विपक्षीय भेटघाट गरेका थिए । आजको सैन्य परेडमा पुटिन पनि सहभागी छन् ।
उत्तर कोरियाली नेता किमले आजको समारोहपछि चिनियाँ राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने जनाइएको छ । पश्चिमा सञ्चारमाध्यमहरुले किम र पुटिनबीच बेइजिङमा गोप्य भेटवार्ता हुनसक्ने आकलन गर्दै आएका थिए ।
थिएनचीनमा सम्पन्न सांघाई सहयोग संगठन (एससिओ)को २५ औं शिखर सम्मेलनमा सहभागी रुसी राष्ट्रपति पुटिन,चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्रीबीचको द्विपक्षीय तथा त्रिपक्षीय अनौपचारिक भेटवार्ताप्रति विशेषगरी अमेरिकाले आपत्ति जनाइसकेको छ ।

टिप्पणीहरू